अष्ट्रेलियामा फेरी एक नेपाली युवा मृत भेटिए

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित काल्र्टन रेल्वे स्टेशनमा गएराती एक नेपाली युवा मृत भेटिएका छन् ।

न्यू साउथ वेल्सका लागि नेपालका अबैतनिक महाबाणिज्यदूत दीपक खड्काका अनुसार प्रहरीले आज बिहान ४ बजे उनलाई टेलिफोनमार्फत् घटनाबारे जानकारी दिएको थियो ।
एनएसडब्लु प्रहरीले उनको साथबाट निरज श्रेष्ठ नामको परिचयपत्र फेला परेको जानकारी दिएको छ ।

प्रहरीको जानकारीपश्चात महाबाणिज्यदूत खड्काले श्रेष्ठका सम्भावित आफन्तहरुलाई काठमाण्डौमा फोन गरी यसबारे जानकारी दिएका थिए ।

तर, उनीहरुले आफ्नो छोरा हिजो बेलुकी आठ बजेसम्म कुराकानी गरिरहेको भन्दै त्यस्तो भएको हुनसक्नेमा शंका ब्यक्त गरेका छन् । आफन्तले उनको पहिचानका लागि तस्वीर खिचेर पठाउन आग्रह गरेका छन् ।