तमलोपामा चार महामन्त्री र तीन सहमहामन्त्री थपिए

काठमाडौं, माघ ७ । तराई–मधेस लोकतान्त्रिक पार्टी तमलोपामा चार महामन्त्री र तीन सहमहामन्त्री थपिएका छन् ।
थपिएका पदाधिकारीमा महामन्त्रीमा डा. विजय सिंह, उमाकान्त झा, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा डा. सुरेन्द्र झा, सामीम मिया अन्सारी र राम प्रवेश वैठा रहेका छन् ।

गत असारमा सम्पन्न पार्टीको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महन्थ ठाकुरलाई पदाधिकारी मनोनयनको अधिकार दिइएको थियो ।

जसअनुरुप अध्यक्ष ठाकुरले सात केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी मनोनयन गरेका हुन् ।