म्याड्रिडलाई प्रशिक्षण दिनु जटिल

jinedin jidan

म्याड्रिड (स्पेन)- विश्व फुटबलका प्रसिद्ध खेलाडी जिनेदिन जिदानले आफू रियल म्याड्रिडको प्रशिक्षक भएपछि पत्रकारसँगको कुराकानीमा रियल म्याड्रिडलाई प्रशिक्षण गर्नु निकै जटिल कार्य रहेको बताउनुभएको छ ।

सोमबार प्रशिक्षकमा नियुक्ति भएपछि स्पेनको राजधानी म्याड्रिडमा मङ्गलबार भएको पहिलो पत्रकार भेटमाजिदानले भन्नुभयो, सङ्कटबाट गुज्रिरहेको म्याड्रिडलाई प्रशिक्षण दिनु एक जटिल कार्य रहने छ । तर म्याड्रिडमा प्रशिक्षकको भूमिकामा काम गर्न पाउनुले आफू उत्साहित बनेको बताउनुभयो ।

म मेरो अधिकतम मेहनत म्याड्रिडलाई उपाधि जिताउनमा लगाउने छु, जिदानले थप्नुभयो ।

फ्रान्सेली प्रसिद्ध फुटबल खेलाडी जिदानको नेतृत्वमा फ्रान्सले विश्व फुटबलमा उत्कृष्ट नतिजा दिन सफल भएको थियो ।