लण्डन । बेलायतको मिडल्याण्डमा “गोल्डन एभरेष्ट क्रीकेट लीग”को फाईनल चरणका खेलहरु २२ अगष्ट मा हुने भएको छ । बिगत ५ बर्ष देखी हुदै आइरहेको लिग ४ महीनासम्म विभिन्न चरणका खेलहरु सम्पन्न भएपछि नक आउट चरणमा पुगेको छ ।
मिडल्याण्डमा २०१९ देखि गोल्डन एभरेष्ट क्रीकेट लीगको रुपमा सुरु भएको यो प्रतियोगीता को फाइनल खेल सहित समापन समारोह नोटिघंममा भव्यताका साथ सम्पन्न हुन गईरहेको बताईएको छ । युकेको तत्वाबधानमा सुरु भएको यो लिगलाई गोल्डन एभरेष्ट समुहले स्पोन्सर गरेको छ ।

लिगको संयोजन गैर आवासीय नेपाली संघ युकेका कार्यसमिती सदस्य तथा खेलकुद विभाग अन्तर्गत क्रिकेट संयोजक दिपक सापकोटाले गरेका छन् । उनै सापकोटाको पहलमा २०१९ मा यो प्रतियोगिताको सुरु भएको हो । विगतमा मिडल्याण्डबासीमा मात्र सिमीत रहेको यो लिग अहिले सम्पुणर् बेलायतबासी नेपालीहरूका लागि आकर्षणर् बनेको छ ।
प्रतियोगीताकोे नक आउट चरणमा क्रमश लेस्टेर,बर्मिङ्हम,नोटिघंम (क) र नोटिघंम (ख) प्रवेश गरेका छन् । संयोजक सापकोटाका अनुसार अहिले लीगमा नोटीइघम समाजबाट २ टीम, बर्मिङ्हम, लेस्टर, ग्रान्थाम र पीटरब्रो लगायतबाट गरी ६ समुहबीच प्रतिष्प्रधा भएको थियो । तिन महिना सम्म चलेको यो लिगमा २०२३ मा भने थप टिमहरु समेत दर्ता हुने अपेक्षा गरिएको छ ।
फाईनल एवम् समापन समारोहमा बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्यले प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन् । उक्त अवसरमा साझा नेपाली समाज बेलायतले मिडललेन्ड मेलाको आयोजना गर्ने भएको छ । 

उक्त मेलामा नेपालका चर्चित राष्ट्रिय कलाकारहरुका साथमा सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम हुने बताईएको छ । त्यस्तै दिव्य ज्योति नौमति बाजाले समेत प्रस्तुती दिने सापकोटाले बताए ।
भिडियोमा हेर्नुस गोल्डेन एभरेष्ट क्रिकेट लिगको बारेमा यसो भन्छन् दिपक सापकोटा






