ललितपुर– एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहले स्थानीय सरकार पाएको भन्दै उपलब्ध स्रोत र साधनको प्रयोग गरी विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
‘स्थानीय चुनावसँगै राजनीतिक प्रतिस्पर्धा सकिएको छ । अब देशलाई विकासित र समृद्ध बनाउनु पर्छ ’, शनिबार ललितपुरको महालक्ष्मी नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘ सबै नगर र गाउँपालिकामा मिलेर विकासमा अघि बढ्नुपर्छ ।’
उनले कृषि क्षेत्रलाई अग्र्यानिक तर्फ लैजानु पर्ने भन्दै सहकारीमार्फत देश विकास हुनुपर्नेमा पनि जोड दिए ।
निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्नुपर्नेमा समेत जोड दिँदै ओलीले स्थानीय सरकारलाई नागरिकले पनि निरन्तर खबरदारी गरिदिनुपर्नेमा जोड दिए ।






