ओली–दाहाल वार्ता सकियो, एकता लगभग टुँगोमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको एक्लाएक्लै भएको वार्ता सकिएको छ ।

श्रोतका अनुसार, एमाले र माओवादीबीचको एकतालाई दुई नेताले लगभग टुंगो लगाउनुभएको छ । दुई नेताबीचको छलफलपछि आ–आफ्नो पार्टीमा त्यसबारेमा छलफल गरी अन्तिम रुप दिइनेछ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अपरान्ह पुनः बैठक बस्ने बताइएको छ । उक्त बैठकले एकताको घोषणाको दिनसमेत तय गर्ने सम्भावना छ ।