अष्ट्रेलियाका तुम समुदायले अनलाइनबाटै मनाए यस बर्षको तमु ल्होछार

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा रहेका तमुहरुले यस बर्षको तमु ल्होछार भिन्न तरिकाले मनाएका छन् । सिड्नीमा कोेरोनाभाइरस महामारीको संक्रमण बढ्दै जान थालेसँगै सरकारले लगाएको प्रतिबन्धहरुको पालना गर्दै अनलाईन जुम प्रविधि मार्फत तमु ल्होछार मनाइएको हो । तमु समाज सिड्नीको आयोजनामा एसफिलमा लामाको उपस्थितीमा कार्यसमितिका सदस्यहरुले पुजाआजा सम्पन्न गरे । त्यस्तै अनलाइन जुम मार्फत शुभकामना आदानप्रदान तथा सम्बोधन गरिएको थियो ।

समाजका अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो भने महावाणिज्य दूत दिपक खड्का, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङ, एनआरएनए प्रवक्ता नन्द गुरुङ लगायतको विशेष उपस्थिती रहेकाो थियो । सरकारले तोकेका मापदण्डहरु पालना गरेरै भएपनि खुल्ला स्थानमा ल्होछार मनाउने सोँच गराएको भएपनि पछिल्लो समय सिड्नीमा बढीरहेको संक्रमणको कारण जुम बाटै कार्यक्रम गरिएको अध्यक्ष गुरुङले बताए ।

कार्यक्रममा बोेल्दै प्रमुख अतिथि राजदूत दाहालले प्रविधिलाई प्रयोग गरेरै भएपनि संस्कृतिको संरक्षण गर्ने कार्य गरेकोमा समाजप्रति आभार व्यक्त गरे । एनआरएनए उपाध्यक्ष तथा न्यु साउथ वेल्सका संयोजक देव गुरुङले महामारीले निम्त्याएको असहज परिस्थितीको बाबजुत पनि परम्परा मनाउने र शुभकामना आदान प्रदान गर्न पाउँदा धन्य अनुभव गरेको बताए ।

 जुम कार्यक्रममा तमूधिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, तमु समाज सिड्नीका संस्थापक अध्यक्ष प्रेम गुरुङ, तमूधिं युकेका अध्यक्ष हितकाजी गुरुङ, तमूधिं न्युजिल्याण्डका अध्यक्ष केश गुरुङ तथा अष्ट्रेलियाका हरेक शहरमा रहेका कार्यसमितिका अध्यक्षहरुले भिडियोा मार्फत सम्बोधन गरेका थिए ।त्यसैगरी स्थानिय कलाकारहरुले जुम मार्फत सांस्कृतिक प्रस्तुती दिएका थिए । उपाध्यक्षद्धोय भोज गुरुङले स्वागत मन्तव्य र जीवन गुरुङले धन्यवाद मन्तव्य ज्ञापन गरेका थिए भने सचिव हिउपति गुरुङ, कोषाध्यक्ष डा। समिता गुरुङ, आईटी सेक्रेटरी प्रतिभा गुरुङ र नारायण गुरुङलगायत समाजका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति थियो ।

सिड्नी समय अनुसार पौने सात बजेदेखि शुरु भएको कार्यक्रम १० बजे सम्पन्न भएको थियो भने सामाजिक सञ्जाल फेसबुक मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । १९९६ मा स्थापना भएको तमु समाज सिड्नीले स्थापनाकाल देखि नै ल्होछार मनाउदै आएको छ ।