अष्ट्रेलियामा यस्तो रह्यो यसबर्षको क्रिसमस, फोटोफिचर

तक्दीर अधिकारी

सिड्नी । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोनाभाइरस महामारीकोे कारण यसबर्ष इसाईहरुको महान पर्व क्रिसमस फरक तरिकाले मनाइएको छ ।अष्ट्रेलियाको सिड्नी स्थित पूर्वी भागमा रहेको ब्रोन्टे विचमा यस बर्ष इसाईहरु तथा गैरइसाई नेपालीहरुले पनि सामाजिक दूरी कायम गर्दै क्रिसमस मनाए ।

जोेय स्मिथले यस बर्ष फरक तरिकाले क्रिसमस मनाए । लण्डन नेपाल न्यूजसंगको कुराकानीको क्रममा उनले भने, “यसअघि बृहत रुपमा मनाउने गरेका थियौँ, तर कोरोनाभाइरस महामारीको कारण अहिल खल्लो भयो, परिवारहरुसंगै मनाइयो ।”

उनले विगत २८ बर्षयता पहिलो पटक यसप्रकारको शान्त वातावरण देखेको बताए । सिड्नीमा कोभिड १९ को तेस्रो लहर देखिएको कारण सरकारले कडा नियमहरु लागू गरेको छ । १० जना भन्दा बढी जम्मा हुन नपाइने नियम बनाइएको छ । मानिसहरुको गतिविधि निगरानी गर्न प्रहरीहरु पनि तैनाथ गराइएको छ । अघिल्लो दिन मात्रै करिब ६४ हजार परिक्षण गर्दा न्यू साउथ वेल्समा ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

गत बर्ष मानिसहरुले भरिभराउ हुने यस ब्रोन्टे बिच यस बर्ष सुनसान जस्तै छ । हेरौँ केही तस्वीरहरु ।