जनकुपरबाट फर्किएलगत्तै एमाले नेता माधवकुमार नेपालले अर्का नेता बामदेव गौतमसँग भेट गरेका छन् ।
भेटअघि बिहानै नेपाल र गौतमबीच कुराकानी भएको थियो । अध्यक्ष केपी ओलीसँग बिहीबार ‘डिनर भेट’ गरेका गौतमले ओलीलाई नवौँ महाधिवेशनको कमिटी ब्युँताउन प्रस्ताव राखेका थिए ।
ओलीले त्यो प्रस्ताव अस्वीकार गरेपछि नेता नेपालसँग टेलिफोन संवाद गर्दै गौतमले ओलीविरुद्ध सँगै संघर्षको प्रस्ताव गरेका थिए । नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ताम भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए ।
गौतमले अहिले छुट्टै राष्ट्रिय एकता अभियान चलाइरहेका छन् ।






