लन्डन । नेपाली कांग्रेसको महाधिवेशन नजिकिंदै गर्दा क्रियाशिल सदस्यता वितरणले गति लिन नसकेको गुनासो सहित अपिल गरिएको छ । यसै क्रममा नेपाली कांग्रेसको क्रियाशील सदस्यताबाट बञ्चित नगर्न बेलायतका २५ नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवासमक्ष अपिल गर्नुभएको छ । सभापति देउवालाई संयुक्त पत्र लेख्दै उहाँहरुले नेपाली जनसम्पर्क समिति बेलायतले केन्द्रबाट बुझेर ल्याएको सदस्यता लुकाउने प्रयास भएको भन्दै ध्यानाकर्षण गराउनु भएको छ ।
‘आसन्न महाअधिवेसनमा नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट प्रतिनिधित्व गर्ने र पार्टीको १० लाख क्रियाशिल सदस्यता पुर्याउने अभियानमा जोडिने अवसर बाट हामी तमाम कार्यकर्ताहरु, वैधानिकता गुमाइसकेको नेपाली जनसंपर्क समिती बेलायतले केन्द्रबाट बेलायतका लागि बुझेर ल्याएको कृयासिल सदस्यता समन्बयमा कुनै चासो नदेखाइ लुकाउने प्रयत्न गरिएको छ,’ अपिलमा भनिएको छ, ‘ जसले गर्दा सयौ पुराना तथा नयाँ नेपाली कांग्रेसका प्रतिबद्द नेता कार्यकर्ताहरु कृयासिल सदस्यता बन्नबाट बन्चित हुने स्थिती देखिएको छ ।
’ नेताहरुले सभापतिसमक्ष तत्काल समस्या समाधानको पहल गर्न पनि अपिल गर्नुभएको छ । ‘पार्टीको अगुवाइमा सञ्चालित जन आन्दोलनहरु २०४६, २०६२ २०६३ मा भाग लियर महत्वपूर्ण भूमिका निर्बाह गरेका नेपाली कांग्रेसका नेता कार्यकर्ता हरु, समितिका संस्थापकहरु, पूर्व महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु समेत कृयाशील सदस्य बन्न र नविकरण गर्नबाट बञ्चित हुने देखिएको सन्दर्भमा तत्काल यसको समाधान गर्नका लागि बिशेष समिति मार्फत समयमै व्यवस्थापन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ ।
बेलायतबाट अपिल गर्ने कांग्रेस नेताहरुको सूची यस प्रकार छः
१. बिजन भट्ट – महाअधिवेसन प्रतिनिधि तथा पुर्ब उपसभापती २. शान्तबिनोद लामिछाने – निबर्तमान उपसभापति तथा पुर्ब महसमिति सदस्य । ३. बेदराज पराजुली – पुर्ब सल्लाहकार तथा निर्वाचन समिति सदस्य । ४. शिब तिमिल्सिना – निबर्तमान महामन्त्री (दुई कार्यकाल) । ५. बिश्व घिमिरे – निबर्तमान महामन्त्री । ६. शेखर कन्डेल – पुर्ब सहमहामन्त्री । ७. राजेन्द्र सुबेदी – पुर्ब कोषाध्यक्ष । ८. नारायण आचार्य – क्षेत्रीय सभापती, नर्थ वेस्ट लन्डन । ९. दयानिधि सापकोटा – क्षेत्रीय सभापती, मिडल्यान्ड् । १०. नगेन्द्र श्रेष्ठ – पुर्ब कार्यसमिति सदस्य (दुई कार्यकाल)। ११. रमेश पौडेल – पुर्ब कार्यसमिति सदस्य (दुई कार्यकाल) l १३. किशोर लामिछाने – पुर्ब कार्यसमिति सदस्य तथा क्षेत्रीय सचिब, नर्थ वेस्ट लन्डन । १५. उपेन्द्र पौडेल – सहमहामन्त्री, नेजसस बेलायत । १६. हरिभक्त न्यौपाने – पुर्ब कार्यसमिति सदस्य । १७. किरण न्यौपाने – क्षेत्रीय उप-सभापती, वेस्ट लन्डन । १८. नवराज पराजुली – क्षेत्रीय सचिब, रेडिङ । १९. शर्मिला भन्डारी – क्षेत्रीय कोषाध्यक्ष, वेष्ट लन्डन । २०. सुमन चालिसे – क्षेत्रीय सदस्य, रेडिङ्ग् l २१. बिजय कार्की – क्षेत्रीय समिति सदस्य, नर्थ वेस्ट लन्डन । २२. पबित्रा बस्याल – पुर्व कोषाध्यक्ष, नेबी संघ पद्मकन्या क्याम्पस । २३. विकास सपकोटा – क्षेत्रिय सचिब । २४. सर्मिला भण्डारी सापकोटा – क्षेत्रीय कोषाध्यक्ष । २५. सुमित भण्डारी – क्षेत्रीय सदस्य ।







