लण्डन। नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली काँग्रेसको पाँचौं अधिवेशनको लागि केन्द्रीय समितिको निर्देशन अनुसार पार्टीको क्रियाशील सदस्यता वितरण तथा पुरानो सदस्यता नविकरण कार्यक्रम सुरु गरेको छ ।
नेपाली जनसम्पर्क समिति यूकेले व्यवस्थित रुपमा सदस्यता वितरण र नविकरण गर्ने उद्धेश्य सहित १० वटा वितरण समितिको गठन गरिएको छ। जसमध्ये यूकेको विभिन्न सातवटा क्षेत्र सँगै वेल्स, स्कटल्यान्ड र नर्दन आयरल्यान्डमा गरी जम्मा १० वटा ठाँउमा वितरण समिति गठन गरिएको हो।
क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि यस्तो बन्यो शक्तिशाली समिती
पूर्वी लन्डनमा सुरज केसी, युवराज सिंह, कुश बस्नेत,खुशी लिम्ब, रेशम बस्याल, मन्दिप केसी, मोती भण्डारी, विनय अधिकारी र महलाल घिमिरेले सदस्यता वितरण तथा नविकरणको जिम्मेवारी पाएका छन् । त्यसैगरी नर्थ वेस्ट लन्डनमा रितेश पाण्डे, आलेख चौहान, विजन भट्ट, क्षेमता ढकाल, सन्तोष गुरुङ, विनोद मोक्तान, विज्ञान प्रसाईं, हरिभक्त न्यौपाने, राजकुमार त्रिपाठी र विकास देवकोटाले वितरण समितिमा भुमिका निभाउने भएका छन् । साउथ वेस्ट लन्डनको समितिमा सूर्य नेम्वाङ, ईन्द्र हाङ लिम्बू, ईन्द्रमान गुरुङ, रमेश पौडेल, शान्तविनोद लामिछाने, विरेन खड्का, एभरेस्ट गौतम रहेका छन् । हामस्पायरमा रोमियन लिम्बू, हितकाजी गुरुङ, तर्कजंग गुरुङ, कोपिला सुब्बा, कुमारी गुरुङ, शेर सुनार, लोक गुरुङ, योगेन क्षेत्री, तारा गुरुङ क्रियाशिल सदस्यता वितरण समितिमा रहेका छन् । केन्टमा किरण राई, भीम राई, सूर्य तामाङ, सुनिल गुरुङ, सुवास राई÷दिनेश खड्का, राजकुमार शाक्य, त्यसैगरी बारकेशरमा विश्व पण्डित, बेद लावती, नरकुमारी लिम्बू, विश्व घिमिरे, केशव गुरुङ, नवराज न्यौपाने, कृतिविलाश पन्त वितरण समितिमा रहेका छन् । मिडल्यान्डमा केशव भण्डारी, सुवास पोखरेल, उपेन पौडेल, शेखर कँडेल, संसाङ्ग शर्मा,. राज सिटौला, दयानिधि सापकोटा, नर्दन आयरल्यान्डमा नारायण कँडेल, स्कटल्यान्डमा मोहन कार्की,वेल्समा चन्द्रमान लावती,इन्द्र गुरुङले क्रियाशिल सदस्य वितरण कार्यक्रममा जिम्मेवारी पुरा गर्ने भएका छन् ।
पार्टीको केन्द्रिय नीति निर्देशन अनुसार सदस्यता लिनको निम्ती तोकिएको मापदण्ड पुरा गरी क्रियाशिल सदस्यताको फारम भर्नुपर्ने छ । उक्त फारमलाइ नेपाली काँग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले आवश्यक अध्ययन गरी अन्तिम नामावली टुँगो लगाइसकेपछि मात्र ब्यक्तिहरुले सदस्यता प्राप्त गर्ने जनसम्पर्क समिति यूकेको सभापति युवराज गुरुङले जानकारी दिए । उनका अनुसार क्रियाशिल सदस्यहरुले नेपाली जनसम्पर्क समिति युके र पार्टीको महाधिवेशन गठन प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
क्रियाशिल सदस्यता नवीकरण गर्नेहरुले ७५ पाउन्ड बुझाउनुु पर्ने छ भे नया लिन चाहनेहरुले ३० पाउन्ड रकम बुझाउनुपर्ने छ । सदस्यता फराम वितरण गर्दा आधा शुल्क सुरुमा धरौटी राख्नुपर्ने केन्द्रकोे निर्देशन रहेको छ भने एक ब्यक्तिले अधिकतम १० फारम पाउने छ । पहिलो १० वटा फरामको सबै प्रकृया पूरा गरी बाँकी शुल्कसहित बुझाएपछि मात्र नयाँ फराम पाउन सकिने समितिले जनाएको छ ।
नेपाली काँग्रेसको महाधिवेशन फाल्गुण महिनामा गर्न तयारी रहेको छ । भने त्यस अघिनै प्रदेश, जिल्लाा स्थानीय तह तथा प्रवासमा रहेका सबै समितिहरु पुनर्गठन हुनुपर्ने छ । ती पुर्नगठित समितिबाट निर्वाचित अधिकार प्राप्त ब्यक्तिहरुले केन्द्रिय अधिवेशनमा मतदान गर्ने अवसर प्राप्त गर्ने छन् । हाल नेपाल सहित विश्वभर रहेका नेपाली काँग्रेसहरु महाधिवेशन केन्द्रित गतिविधि शुरु गर्न थालेका छन् ।






