च्याम्पियन्स लिग: बायर्न म्युनिख सेमिफाइनलमा : बार्सिलोनाको लज्जास्पद हार ।

लिस्वन
 च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बलियो मानिएको टिम बार्सिलोनालाई ८-२ ले हराउँदै बायर्न म्युनिख सेमिफाइनलमा प्रवेश गरेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत नकआउट खेलमा कुनै टिमले आठ गोल गरेको यो पहिलोपल्ट हो । यो बार्सिलोनाको इतिहासमैं सबैभन्दा कमजोर र लज्जास्पद पराजयमध्ये एक हो ।
शुक्रवार पोर्चुगलको लिस्बनमा सम्पन्न क्वार्टरफाइनलमा बायर्न म्युनिखको बिजुलीजस्तो वेग र कलात्मक खेल कौशलका अगाडि बार्सिलोना जबाफ़हीन देखियो । म्यान अफ द म्याच थोमस मुलरको दुई गोलसहित आठ गोलको जबाफमा बार्सिलोनाले एकमात्र गोल फर्काउन सक्यो । अर्को गोल बायर्नको तर्फबाट आत्मघाती गोल थियो ।
सुआरेज र मेस्सीले सम्हालेको बार्सिलोनाको आक्रमण भुत्ते देखियो अब बायर्नले म्यानचेस्टर सिटी र ल्योनबीच भोलि हुने क्वार्टरफाइनलको विजेतासँग सेमिफाइनल खेल खेल्नेछ । इतिहासकै लज्जास्पद पराजयपछि केही घण्टाभित्रै बार्सिलोनाका म्यानेजरले राजीनामा दिने या हटाइने अनुमान धेरैको छ ।