एनआरएनए युके चुनावमा ५० प्रतिशत बढी मत खसिसक्यो : निर्वाचन समिति

लन्डन । एनआरएन युकेको नयां कार्य समिति चुन्न शनिवार भै रहेको चुनावमा दिउंसो २ बजे सम्ममा ५० प्रतिशत भन्दा बढी मतदान भैसकेको निर्वाचन समितिले जनाएको छ । लन्डन नेपाल न्युजसंग कुरा गर्दै निर्वाचन कमिटिका सह प्रमुख निर्वाचन आयुक्त तथा प्रवक्ता शिवजी श्रेष्ठले १३ ओटै मतदान केन्द्रहरुमा शान्तिपूर्ण र उत्साहका साथ मतदान भै रहेको बताए ।

उनले सबै मतपेटिकाहरु प्राप्त भै सके पछि अल्डरशटस्थित एम्पायर हलमा शनिवार राती देखि नै मतगणना शुरु हुने जानकारी पनि दिए । तर स्कटल्याण्डबाट मतपेटिकाहरु आई पुग्न समय लाग्ने ठानिएको छ । समयमा मतपत्र न पुगेका कारण स्कटल्याण्डमा केहि ढिला मतदान शुरु भएको थियो ।

मतदानका लागि बिहान ८ बजेदेखि बेलुका ८ बजे सम्मको समय तोकिएको छ । झन्डै साढे १३ हजार मतदाता सहित एनआरएन युके संसारकै सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद् बन्न पुगेको छ । भूपू गोर्खा शेर बहादुर सुनार तथा पूर्व उपाध्यक्ष पुनम गुरुङले नेतृत्व गरेका दुइ समूहहरुबीच कडा प्रतिस्पर्द्धा भैरहेको छ । मतदान हेर्न संघका केन्द्रीय पदाधिकारीहरु पनि बेलायत आईपुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *