लण्डन ।बेलायतमा नेपाली कांग्रेसका युवा नेताले लकडाउनका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् ।
बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था जनसम्पर्क समिति यूकेले कोरोना महामारीका कारण अफ्ठेरोमा परेका नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरेको हो । 
लण्डनबाट करिब २ सय माइलको दूरीमा पर्ने उक्त ठाउँमा राहत वितरणका लागि जनसम्पर्क समितिका सभापति युवराज गुरुङ, उपसभापति सुवास पोखरेल लगायतका पदाधिकारी आफै पुगेका हुन् ।
धेरै नेपाली विद्यार्थीहरु समस्यामा रहेको भनिएको पश्चिम वर्कशायरस्थित ‘हडर्सफिल्ड विश्वविद्यालय’ का विद्यार्थीलाई शनिबार राहतस्वरुप खाद्यान्न वितरण गरिएको जनसम्पर्क समितिका सभापति युवराज गुरुङ जानकारी दिए ।
अफ्ठेरोमा परेका सयौ विद्यार्थीहरुलाई उनीहरुकै घरघरमा समेत पुगेर राहत बाँडिएको उपसभापति सुवाश पोखरेलले बताए । करिब २ हजार पाउण्ड बराबरको राहत बाँडिएको उनको भनाइ छ ।
राहतका रुपमा विद्यार्थीहरुलाई चामल, दाल, तेल सहितका खाद्यान्न बाँडिएको थियो । साथै, विद्यार्थीहरुलाई आवश्यक परामर्श र सल्लाह समेत उपलब्ध गराइएको थियो । अफ्ठेरोमा रहेका विद्यार्थीहरुको तथ्यांक संकलन र राहत वितरणको संयोजन विद्यार्थी प्रज्ञान चापागाईंले गरेका थिए ।
हडर्सफिल्ड विश्वविद्यालयमा केहि महिनाअघि मात्रै नेपालबाट आएका नयाँ विद्यार्थीहरु पनि थुप्रै छन् । उनीहरुमध्ये कतिपयले माहमारीअघि ‘पार्टटाइम’ काम शुरु गर्न पनि पाएका थिएनन् ।
युनिभर्सिटी अफ हडर्सफिल्डमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको सस्थाका सह(महामन्त्री इन्द्र हुङ्ग लिङ्ग्देन जानकारी दिए । सो परोपकारी काममा सस्थाको तर्फबाट अध्यक्ष युवराज गुरुङ्ग उपाध्यक्ष सुवाश पोख्रेल कोषाध्यक्ष नोर्बु शेर्पा सह(महामन्त्री इन्द्र हुङ्ग लिङ्ग्देन उपस्थिति थिए ।
जनसम्पर्क समितिको यो अभियानलाई सुरज केसी, महेश दाहाल, युबराज गुरुङ, नोर्बु शेर्पा, सुर्य तामांग, आलेख चौहान, इन्द्र हुङ्ग लिङ्ग्देन, तर्क जुङ्ग गुरुङ्ग, केशब भण्डारी , विज्ञान प्रसाई, सुनिल गुरुङ्ग, कोपिला सुब्वा, सन्जिब राई, शेर सुनार, रेशम बस्याल, राजन खकुराल, क्षमता ढकाल, विश्व आदर्श पण्डित, मोहन कार्की, रवि उप्रेती, रितेश पाण्डे, सुर्य नेम्बांग, युवराज सिंह, नरकुमारी लिम्बु, भिमराज राई, चेतनाथ खनाल, बिनोद मोक्तान, इन्द्रमान गुरुङ्ग, राजकुमार सुनार, प्रवेश केसी, रोमियन केसी लिम्बु लगायतले सहयोग गरेका थिए ।कोरोना महामारीमा सहयोग गर्ने यूकेवासीलाई अध्यक्ष गुरुङले एनपीसीसी यूकेका तर्फबाट धन्यवाद दिए ।






