जोर बिजोरको सास्ती

काठमाडौं–इन्धन अभाव र जोरबिजोर प्रणालीले फाट्टफुट्ट चलेका सार्वजनिक सवारीसाधनमा सिट नपाएपछि जिल्ला शिक्षा कार्यालय काठमाडौंका विद्यालय निरीक्षक दामोदर रेग्मी सोमबार हिँडेरै कार्यालय पुगे । ‘अफिस त समयमै पुग्नुप¥यो, गाडी नपाएपछि ५÷६ किलोमिटर हिँड्नैप-यो,’ उनले भने ।shortage ko kamal (10)
रेग्मीजस्तै नजिकको दूरी हिँडेरै तय गर्न धेरै कर्मचारी सोमबार बाध्य भए । हिँडेर गन्तव्यमा पुग्नै नसकिनेहरूले भने घन्टौंको प्रतीक्षामा सामानजस्तै कोचिएर यात्रा गर्नुप¥यो । देशमा इन्धन अभावका कारण सवारीसाधन कम चलाउनुपर्ने अवस्था आएको छ । काठमाडौंमा आइतबारदेखि नै धेरै यात्रुले सहज ढंगले यात्रा गर्न पाएका छैनन् ।
भारतले नेपाललाई लगाएको अघोषित नाकाबन्दीको पहिलो असर नेपाली यातायात क्षेत्रमा देखिएको छ । नाकाबन्दीले नेपाली बजार इन्धन अभाव हुँदा काठमाडौं उपत्यकामा सोमबार त निकै कम मात्र सवारी–साधन चलेका छन् । पेट्रोलियम पदार्थको अभाव भन्दै सुरु गरिएको जोरबिजोर प्रणालीले अन्य समयमा भन्दा आधा कम सवारी सञ्चानल भएपछि समस्या देखिएको छ । उपत्यकाका तीन जिल्लामा थोरै सवारीसाधन सञ्चानल भएपछि त्यसको असर यात्रुमा परेको छ ।
यात्रुको निकै चाप हुने गरेको रत्नपार्क–कंलकी, रत्नपार्क–नयाँबस पार्क, भक्तपुर–रत्नपार्क, धुलिखेल–काठमाडौं, रत्नपार्क–लगनखेलका रुटमा भने निकै कोचाकोच भएर यात्रा गर्न सर्वसाधारण बाध्य छन् । इन्धन अभावका कारण उपत्यकामा सवारीसाधन तीन गुणा कम गुडेको यातायात व्यवसायी बताउँछन् । ‘एकातिर जोरबिजोर, अर्कातिर पेट्रोलियम पदार्थको अभाव, त्यसमा पनि सकेसम्म जनतालाई सेवा दिइरहेका छौँ,’ भक्तपुर मिनीबस सेवा समितिका कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले भने, ‘भक्तपुरबाट तीनवटा रुटमा दैनिक दुई सयभन्दा धेरै बस सञ्चालन गर्दै आएको उक्त समितिले ५० वटा बस चलाउन पनि नसकिने अवस्था छ ।’
तर, अत्यावश्यक काम गर्नुपर्ने र कार्यालय पुग्नुपर्ने मानिस जसरी पनि यात्रा गर्नुपर्ने भएकाले सामान कोचिएझैँ यात्रु कोचिएर हिँड्नुपरेको छ । यात्रुहरूको चापले प्रतीक्षालय खचाखच भएका देखिन्छन् । तर, गाडी भने पाइँदैनन् । अन्य दिनमा पाँच मिनेटमा आउने बस हिजोआज २० मिनेटमा समेत नआउँदा कार्यालय आवतजावतमा निकै दुःख भोग्नुपरेको कृषि विकास बैंक केन्द्रीय कार्यालयका भुवन ज्ञवालीले बताए । ‘अफिस नपुगी भएन, जसरी पनि जानुपर्ने तर गाडी कताकति मात्र चलेपछि सामान कोचिएझैँ कोचिएर यात्रा गर्नुपरेको छ,’ उनले भने । कार्यालय पुग्नुपर्ने र अत्यावश्यक काम गर्नुपर्ने यात्रुहरू सवारी–साधनमा झुन्डिएर पनि यात्रा गर्ने गरेका छन् । यसरी झुन्डिएर यात्रा गर्दा कुन बेला दुःखद घटना घट्न सक्ने डरले त्रसित हुनुपरेको यात्रुहरूको गुनासो छ ।
नेपाल आयल निगमले सबै सवारी–साधनलाई सोमबारबाट कोटा प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थ दिने भएको छ । डिजेल गाडीतर्फ निगमले निजी तथा सरकारी र संस्थानका चारपांग्रे गाडीका लागि हप्तामा १० लिटर तेल दिनेछ । सार्वजनिक माइक्रोबसलगायत साना सवारीलाई पालो परेको दिन १५ लिटर डिजेल दिइनेछ । नेपाल आयल निगमले सबै सवारी–साधनलाई सोमबारबाट कोटा प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थ दिने भएको छ । डिजेल गाडीतर्फ निगमले निजी तथा सरकारी र संस्थानका चारपांग्रे गाडीका लागि हप्तामा १० लिटर तेल दिनेछ । सार्वजनिक माइक्रोबसलगायत साना सवारीलाई पालो परेको दिन १५ लिटर डिजेल दिइनेछ । सरकारले केही दिनमा नै वैकल्पिक व्यवस्था नगर्ने हो भने एम्बुलेन्स, दमकल, फोहोर बोक्ने सवारी, कार्यालय तथा विद्यालय समेत सञ्चालनमा समस्या आउने सम्भावना देखिएको सरोकारवाला बताउँछन् ।
उपत्यकामा रहेका करिब सात लाख २५ हजार गाडी दर्ता छन् । त्यसमध्ये आधाजसो मात्र चलेको यातायात व्यवस्था विभागले जनाएको छ ।
यता सवारी चलाउनेले भने जोरबिजोर प्रणालीले आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । ‘२२÷२३ हजार किस्ता छ, जोरबिजोर गाडी चलाएर कसरी तिर्ने ?’ गाडी चलाउन नपाएपछि नौ वर्षदेखि ट्याक्सी चलाउँदै आएका ललितपुर गोदामचौरका रामबहादुर सिलवाल सान्दाइले सोमबार भने, ‘नयाँ संविधान आइसकेपछि गरेर खान पाउने त वातारण त हुनुप¥यो नि ।’
ट्याक्सी चलाउन नपाएपछि आफ्नो परिवारको बिहान बेलुकाको खर्च धान्न मुस्किल shortage ko kamal (9)भएको उनको भनाइ छ । ‘खै, समस्या के हो ? कसरी मिल्छ, छिटो मिलाउनुपर्यो,’ उनले भने ।

लामो दूरीका गाडीमा जोरबिजोर लागू नहुने

सरकारले लामो दूरीको गाडीमा जोरबिजोर नियम लागू नगर्ने भएको छ । लामो दूरीका सवारी–साधनलाई आवागमनमा समस्या भएपछि जोरबिजोर लागू नगर्ने गृह मन्त्रालयले जनाएको छ । ‘लामो दूरीका सवारी–साधन आज हिँडेर भोलिमात्र गन्तव्यमा पुग्नुपर्छ, त्यसले गर्दा आवागमनमा अप्ठेरो भयो भनेर व्यवसायीले समस्या राखेपछि जोरबिजोर नगर्ने निर्णय भयो,’ गृह मन्त्रालयका लक्ष्मीप्रसाद ढकालले भने ।
लामो दूरीका सवारी–साधनलाई सुरक्षा दिने विषयमा सोमबार गृहले यातायात व्यवसायीसँग वार्ता गरेको थियो । वार्तामा यातायात व्यवसायीले आफ्ना समस्या राखेका थिए । त्यसैगरी व्यवसायीले लामो दूरीका सवारी–साधनको सुरक्षाको ग्यारेन्टी गर्न समेत गृहमा माग गरेका थिए । ‘स्कर्टिङकै बीचमा कोसी ब्यारेजमा एकैपटक ७८ वटा गाडी तोडफोड हुँदा कसैले सुरक्षा दिन सकेन,’ यातायात व्यवसायी महासंघका अध्यक्ष सरोजराज सिटौलाले भने, ‘नेपालको गाडी जति सबै हाम्रा हुन्, हामीले टाउको फुटाउने अनि सरकारले कसरी चलाउँछ ?’ उनले सुरक्षाको ग्यारेन्टी नहुँदासम्म व्यवसायीले गाडी चलाउन नसक्ने कुरा सरकारी अधिकारीसँग प्रस्ट राखेको समेत बताए ।