लण्डन । महिना दिन अघि देखि नै नेपालमा महिलाहरुको महान पर्व तीजको रमझम शुरु भइसकेको छ । कार्यक्रम तय देखि अहिले तीजसंग सम्वन्धित गीतमा धमाधम म्यूजिक भिडियो बन्ने क्रम बढेको छ ।
यसै सिलसिलामा लोक दोहोरी गायक सन्तु थापाको पछिल्लो तीज गित ‘बुढीको जातले ‘ बजारमा आएको छ । संगीत क्षेत्रका अब्बल दुई श्रष्टा रुपा रना र सन्तु थापाको स्वरमा सजिएको यो गीत अन्य भन्दा केही फरक भएको गायक थापाले बताए ।
गणेश अधिकारीले शब्द लेखेको गितको भाका संकलन सन्तु थापाले गरेका हुन् ।
राजेश घिमिरेको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगर ले गरेका छन् । म्युजिक भिडियोलाई शंकर बि .सि. ले निर्देशन गरेका हुन ।
भिडियोमा रीना थापा ,शंकर बि .सि. ,सन्तु थापा र रुपा राना छन् भने अरु दर्जन बढि महिलाको अभिनय छ ।






