काठमाडौं, फाल्गुन २० । प्रधानमन्त्री सुशील कोइराला र प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज बिहान भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा प्रचण्डले तत्काल बार्ताको बातावरण बनाए आफू समस्याको समाधान खोज्न तयार रहेको बताए ।
प्रचण्डले विपक्षी मोर्चाले अर्को चरणको आन्दोलनको घोषणा गर्नुअघि नै बातावरण बनाउन पनि आग्रह गरे । विगतका सहमति र अन्तरिम संविधान अनुसार सहमतिमा संविधान बनाउन तयार रहेको आशयको पत्रसहित फेरि एक पटक वार्ता आब्हान गर्न समेत प्रधानमन्त्रीलाई विपक्षी दलका नेताको आग्रह थियो । प्रधानमन्त्रीले आफूले सहयात्री दलहरुसँग छलफल गरेर छिट्टै बातावरण बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रधानमन्त्रीसँग प्रचण्डको भेट






