कौरव खत्री – गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजनामा नारीहरुको महान पर्व हरितालिका तिजका अवसरमा एकल तिज नृत्य प्रतियोगिता सञ्चालन हुने भएको छ ।
कोभिड १९को प्रभावले गर्दा खुला ठाँउमा बाहिर जमघट गरि तिज कार्यक्रम गर्न नसकिने भएकोले यस बर्ष भने अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।
प्रतियोगिताको पहिलो चरणमा यहि साउन ३१ गते भित्र आफ्नो प्रस्तुतीको भिडियो पठाइसक्नु पर्ने र अन्तिम फाइलन प्रतियोगिता भने आउँदो भाद्र ५गते आयोजना गरिने अर्यालले बताए ।
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले कोभिड १९ को कारणले गर्दा सबै जम्मा भएर कार्यक्रम गर्न नसकिएको कारण नेपालीको मौलिक संस्कृतिको जर्गेना गर्नका निम्ती एकल तिज नृत्य प्रतियोगिता अनलाइन बाटै आयोजना गरिएको समाजले जनाएको छ ।
प्रतियोगितामा नेपाल सहित अष्ट्रेलिया र न्यूजिल्याण्ड देशभित्र रहेका नेपाली कलाकारहरुले सहभागिता जनाउन सक्ने समाजले जनाएको छ । सहभागिता जनाउनका लागि समाजको इमेल आइडी nepausdance098@gmail.com मा आफ्नो प्रस्तुतीको भिडियो मेल गर्न सकिने समाजले जनाएको छ।
साथै प्रतियोगिता बारेमा विस्तृत जानकारी यहाँ क्लिक गरी लिन सकिने छ ।
कलाकारहरुले पठाएको आफ्नो प्रस्तुतीको भिडियोहरु संकलन गरि त्यसैका आधारमा मूल्याङ्कन गरिने छ ।
बरिष्ठ कलाकार बोम बहादुर कार्की, राष्ट्रिय कलाकार मञ्जु पौडेल, सायद श्रेष्ठ, कृति खनाल, विदुर शिवाकोटीबाट हुने मुल्याङ्कन हुने जनाइएको छ ।
प्रतियोगितामा विशेष गरि तिजको पुरानो मौलिकपन र कला संस्कृति बोकेको नृत्यलाई प्राथमिकता दिइने जनाएको छ ।
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले पहिलो पटक आयोजना गर्न लागिरहेको एकल तिज नृत्य प्रतियोगिमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश नगद रु.६३ हजार, ४२हजार ५ सय, २१हजार र सम्मान पत्र प्राप्त गर्ने छन् ।






