सोनी श्रेष्ठ / काभ्रेपलाञ्चोक
नेपाल आइडलबाट एकाएक चर्चाको शिखरमा चढ्न सफल गायक निशान भट्टाराईले आज कृष्ण जन्माष्टमीको अवसर पारेर वैवाहिक सम्बन्ध गाँसेका छन् ।
“ए भुन्टी”, लाहुर जाने रेल”, “भिजिट भिसामा” र अहिले चर्चामा रहेको “के माया लाग्छ र ?” सँगै दर्जनौ नेपाली चलचित्रका गीतहरूमा आफ्नो सुमधुर आवाज स्रोतासामू पस्किसकेका गायक भट्टराईले आज काभ्रेको धुलिखेलमा कानूनी विवाह गरेका हुन् ।
काभ्रे बार एशोसियसनका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश प्रसाद हुमागाईँंले जिल्ला अदालत धुलिखेल काभ्रेमा गायक निशानको काभ्रेली घर भएकी मोडल रिचा न्यौपानेसँग कोर्ट म्यारिज (कानूनी विवाह) सम्पन्न गराएका अधिवक्ता हुमागाईंले जानकारी दिए ।
मोडल न्यौपानेले निशानको स्वरमा सजिएको गीत “लाहुर जाने रेल” मा अभिनय गरेकी छिन् ।






