काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । आन्तरिक गृहकार्य नपुगेको भन्दै सारिएको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा सचिवालयका नाै जनै सदस्य सहभागी छन् ।
आजको सचिलयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुंगो लगाउने अनुमान गरिएको छ । यसअघि पटक पटक शीर्ष नेताहरुबीच छलफल समेत भएको छ । आजै बिहान मात्र अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधकुमार नेपालबीच छलफल भएको थियो ।
नेकपाले लामो समयदेखि पोलिटब्यूरो गठन र कार्य बिभाजन गर्न नसकेको भन्दै पार्टीभित्र आलोचना भैरहेको छ । यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो।






