गोरखा समाज अस्ट्रेलियाको नेतृत्वमा प्रकाश वास्ताकोटीको कार्यसमिति

सिड्नी । नेपाली नयाँ वर्ष २०७८ सालको अवसर पारेर गोरखा समाज अस्ट्रेलियाले शुभकामना साँझ तथा संस्थाको चौंथो साधारणसभा सम्पन्न ग-यो । हिजो शनिबार अर्थात् वैशाख ११ गते सिड्नीस्थित मेरिल्यान्डमा आयोजित कार्यक्रममा प्रकाश बस्ताकोटीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भयो ।

कार्यसमितिको उपाध्यक्षमा आनन्द श्रेष्ठ महासचिवमा योगेन्द्र जोशी, सचिवमा ऋतु श्रेष्ठ, कोषाध्यक्षमा राजु पोखरेल, सहकोषाध्यक्षमा कृष्ण भट्ट र प्रवक्तामा रञ्जीत वन्त चयन भएका छन् ।

कार्यसमितिको सदस्यमा ईश्वर दाहाल, दिनेश श्रेष्ठ, युरेन्द्र दवाडी, हरि मल्ल, राधा ढकाल, रन्जन देवकोटा, सन्तोष तिवारी, सञ्जीव अमगाई, गणेश भट्ट, रमिला पोखरेल, सुजन श्रेष्ठ, अन्जान श्रेष्ठ, प्रेम खड्का र सञ्जीव खत्री रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सल्लाहकार डिल्ली ढकालले पद तथा गोपनीयताको सपथ गराएका थिए । पुरानो कार्यक्रमलाई निरन्तरता दिने र मातृभूमिप्रति कार्यक्रम केन्द्रित गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष प्रकाश वास्ताकोटीले जानकारी दिए । कोभिडले अवरोध पु¥याएन भने मातृभूमि गोर्खामा के सहयोग पु-याउन सकिन्छ, त्यस विषयमा साथीहरुसँग छलफल गरेर योजना बनाउने छौं ।

निवर्तमान अध्यक्ष त्रिलोचन पोखरेलले आफ्नो कार्यकालमा सम्पन्न भएका क्रायक्रमहरुको स्मरण गर्दै सहयोग तथा सहकार्यका लागि सबैमा आभार प्रकट गरे। उनले पुरानो समितिको बाट नयाँ समिति लाई भर्पुर सहयोग रहने प्रतिबधता प्रकट गर्दै नयाँ वर्ष २०७८ को शुभकामना दिएका थिए ।

सबैजना एकत्रित भएर मात्र नयाँ कार्यको थालनी तथा सफल अभ्यास गर्न सकिन्छ भन्ने विचारसहित कार्यक्रमका प्रमुख अथिति न्यू साउथ वेल्स  महावाणिज्यदूत दीपक खड़काले सामूहिक एकतामा जोड़ दिए । कार्यक्रममा एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा  न्यू साउथ वेल्स राज्य परिषद सम्योजक देव गुरुङ, सिड्नी साउथ वेस्ट नेपाली अध्यक्ष डा. देवेन्द्र सापकोटालगायत अस्ट्रेलियामा रहेको विविध नेपाली संस्थाको प्रतिनिधिको उपस्थित थिए ।

‘गोरखा समाज अस्ट्रेलिया’ सन २०१४ देखि नै अस्ट्रेलियामा बसोवास गर्नुहुने गोरखालीहरु मिलेर सञ्चालित संस्था हो । संस्थाले केही वर्षयता श्रीमद्भागवत् महापुराण सप्ताह तथा गाईजात्रालगायतको कार्यक्रम अस्ट्रेलियामा गर्दै आएको छ ।