काठमाडौं–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्षमा पुनः विजयकुमार गच्छदार निर्विरोध निर्वाचित भएका छन् ।
बुधवार सम्पन्न निर्वाचन प्रक्रियामा अध्यक्षमा गच्छदारका मात्रै उम्मेदवारी परेको थियो । महाधिवेशनले केन्द्रीय समितिको संख्या १ सय ३५ बाट घटार ९७ सदस्यीय बनाएको छ ।
९७ सदस्यमध्ये अध्यक्ष र केन्द्रीय सदस्य गरी ४३ पदमा निर्वाचन गर्ने तय भएको छ । अध्यक्ष निर्विरोध निर्वाचित भएपछि ४२ केन्द्रीय सदस्यका लागि ९७ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
महासचिव लगायत मूख्य पदसहित ५४ जना भने अध्यक्षले मनोनयन गर्ने विधानमा व्यवस्था छ । २ हजार २ सय ४४जना प्रतिनिधि सहभागी महाधिवेशनमा केन्द्रीय सदस्यसमेत सर्वसम्मतिबाट चयन गर्ने सहमति भएको छ ।
सयैवीच विराटनगरमा सम्पन्न हुने पहिलो महाधिवेशनबाट नाम परिवर्तन गर्ने जनाएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिको नाम निर्वाचित केन्द्रीय कमिटीको पहिलो वैठकले निर्धारण गर्ने भएको छ ।






