- तक्दीर अधिकारी
सिड्नी (अस्ट्रेलिया)- अस्ट्रेलियामा नयाँ वर्षका अवसरमा बहुसाँस्कृतिक वैशाखी मेला आयोजना हुने भएको छ ।
दक्षिण एसियाली मुलुकहरु नेपाल, भारत, पाकिस्थान, श्रीलंका र बंगलादेशीले नयाँ वर्षको अवसरमा संयुक्तरुपमा अस्ट्रेलियाको सिड्नीस्थित क्याम्पबेलटाउन काउन्सिल अन्तरगत बसोबास गर्ने दक्षिण एशियन समुदायले एस पटक सयुक्त रुपमा “बहुसांस्कृतिक वैशाखी मेला” को आयोजना गरेका हुन् ।
क्याम्पबेलटाउन काउन्सिलस्थित बहुसाँस्कृतिक समाजको सहयोगमा आगामी अप्रिल १३ मा बहुसांस्कृतिक वैशाखी मेला हुनेछ । मेलामा नेपाली, भारतीय, बंगलादेशी ,पाकिस्तानी तथा श्रीलंकाली समुदायको भाषा, संस्कृति तथा पहिचान झल्किने खालका नाच गान र अन्य मनोरन्जनात्मक संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने गरिने जानकारी नपाली समाजका अगुवा टुंगानाथ खरेलले जानकारी दिए ।
मेलामा सहभागी भएर विभिन्न परिकारसहित शुभकामना आदान प्रदान गर्न सबैलाई अपिल गरिएको क्याम्पबेलटाउन नेपाली समाजका अध्यक्ष राजकुमार अधिकारीले जानकारी दिए ।
दिउँसो २ बजे देखि बेलुकी १० बजे सम्म हुने यस बहुसाँस्कृतिक मेलामा करिब १५ देखि २० हजारको सहभागिता हुने अनुमान गरिएको छ । मेलामा विभिन्न राजनीतिक दलका नेताहरु, काउन्सिल पदाधिकारी तथा दक्षिण एसियाली मुलुकका उच्च आयुक्त तथा वाणिज्यदूतहरुको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।






