काठमाडौं_ एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकै दिन बसेको नेकपा एमालेको बैठकले परिस्थिति नबिगार्न आग्रह गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सहमतिको निर्णयलाई निरन्तर जारी राख्ने र संविधान कार्यान्वयन, पुनर्निर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्ने सबै दललाई आग्रह गरेको हो ।
एमालेको निर्णयमा भनिएको छ ‘आजको स्थायी समिति बैठकले राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने र संविधानको कार्यान्वयन, भूकम्प पछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ’ बैठकपछि एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ।







