नयाँ सरकार बनाउन कांग्रेसले थाल्यो छलफल

nc morchaकाठमाडौं- नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चाबीच नयाँ सरकार बनाउने विषयमा छलफल भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा भएको बैठकमा कांग्रेस र मोर्चाबीच प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढलाएर नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु गोपालमान सिंह, महेश आचार्य, विमलेन्द्र निधि, चिनकाजी श्रेष्ठलगायत सहभागी थिए ।

मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो तथा नेताहरु लक्ष्मणलाल कर्ण, राजकिशोर यादवलगायत सहभागी भए ।

कांग्रेसले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेको भन्दै एमाओवादी पदाधिकारी बैठकले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि यी दुईबीच छलफल भएको हो ।