लन्डन– बेलायती विदेश मन्त्रालय (एफसीओ) ले बेलायतमा रहेका नेपालीको तथ्यांक यकिन गरेको छ ।
लन्डनस्थित नेपाली दूतावासको आग्रहमा विदेश मन्त्रालयले बेलायती जेलमा हाल २० जना नेपाली रहेको जनाएको छ ।
सरकारले नेपालका सबै दूतावासलाई पत्र लेख्दै जेलमा रहेका नेपालीको विवरण मागेको थियो । विभिन्न अपराधिक क्रियाकलापका कारण ती नेपाली जेल परेका हुन् ।
इङल्यान्ड र वेल्सका जेलमा २० जना नेपाली रहेको मन्त्रालयले जानकारी दिएको कार्यवहाक राजदूत शरदराज आरनले जानकारी दिए । को को जेलमा छन् भन्नेबारे भने केही खुलाइएको छैन ।
सम्बन्धित व्यक्तिको इच्छा विपरित विस्तृत विवरण दिन नमिल्ने बेलायतको कानुनमा छ ।






