बेल्जियम– नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर सम्मानित भएका छन् ।
प्रवासमा रही नेपाली पत्रकारितामा पुर्याएको योगदानका लागि नेपाल पत्रकार महासंघ युरोप शाखाले सम्मान गरेको छ । मंगलबार साँझ बेल्जियमको लुभेनमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली महासंघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम र महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले मगरलाई सम्मानपत्र हस्तान्तरण गरे ।
युरोप शाखाका अध्यक्ष राईको सभापतित्वमा भएको सो कार्यक्रममा बेल्जियममा रहेका नेपालीका तर्फबाट एनआरएन अध्यक्ष गौतमले मगरलाई स्वागत गरेका थिए । यस्तै, विश्व मगर फेडरेसनका तर्फबाट अध्यक्ष मार्के मगरले मगरलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा मगरले बेलायतको नेपाली पत्रकारिताका बारेमा जानकारी दिएका थिए ।
युरोप शाखाका वरिष्ठ उपाध्यक्ष ओम शर्माको संचालनमा भएको सो कार्यक्रममा एनआरएन आइसिसीका सदस्यद्वय जानकी गुरुङ र नेत्र मगर, नेपाली काँग्रेसकी महासमिति सदस्य सीता सापकोटा, नेपाली जनसम्पर्क समितिका माधव सापकोटा, तामाङ समाजका बाबुराजा तामाङ र राम लामा, शेर्पा संघका पीटी शेर्पा र आङफुरी शेर्पा, विश्व मगर फेडरेसनका अध्यक्ष मार्के मगर, संघीय समाजका महासचिव लोक राना, पत्रकार वीरमान घर्तीमगर र निलम घिमिरे सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा पत्रकारहरु र सहभागीहरुबीच अन्तरक्रिया गरिएको थियो ।






