जेनेभा, मंसिर २७ । बिस्फोट पदार्थ र विषालु ग्याससहित दुईजना संदिग्ध सिरियालीलाई स्वीट्रल्यान्डको जेनेभाबाट पक्राउ गरिएको छ । यी दुबैजना इस्लामिक आतंकवादी संगठन आइर्एससँग आबद्ध भएको बताइएको छ ।
कारमा सवार शंकास्पद यी दुई सिरियाली नागरिकलाई सुरक्षाकर्मीले पछ्याउँदै खानतलासी गर्दा बिस्फोटक पदार्थ फेला परेको हो । फ्रान्सको पेरिसमा भएको आतंकवादी हमलापछि स्वीट्रजरल्याण्डमा सुरक्षा ब्यवस्था कडा तुल्याइनुका साथै शंकास्पद ब्यक्तिहरुमा निगरानी बढाइएको छ ।
पक्राउ परेकाहरुमाथि छानविन भइरहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)







