६० प्रतिशत राजदूत परराष्ट्रबाटै

काठमाडौँ – परराष्ट्र मन्त्रालयले ६० प्रतिशत राजदूतको नियुक्ति परराष्ट्र सेवाका कर्मचारीबाट गर्ने विधेयक मस्यौदामा प्रस्ताव गरेको छ ।

मस्यौदामा ६० प्रतिशत परराष्ट्र सेवाबाट र ४० प्रतिशत विविध क्षेत्रबाट नियुक्ति हुने उल्लेख छ । निजामती सेवा र अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई राजदूत बनाउन अप्ठ्यारो पारिएको छ । ५० प्रतिशत कर्मचारी र ५० अन्य भन्ने यसअघि कायम परम्परालाई मस्यौदाले तोडेको छ ।

राजदूत हुन ४० वर्ष पुग्नुपर्ने प्रावधान र सहसचिव भएपछि चार वर्ष महाशाखामा काम गरेकाहरू मात्र योग्य हुने व्यवस्था समेत हटाइएको छ । सट्टामा ७० वर्ष कटेको हुन नहुने उल्लेख छ ।