गगनशिला खड्का
गुल्मी
साउन १० गते । गुल्मीको पिपलधारमा आफ्नै दाजुले भाई र भतिजिको हत्या गरको खुलेको छ । गत शुक्रवार विहान रुखमा झुण्डिएको अवस्थामा भेटिएका काका भतिजीलाई स्थानीय नारायण कुमालले हत्या गरेको खुलेको हो ।
‘पिपलधारा–८ नादीगाउँमा ३८ वर्षिय वेलबहादुर मुखिया र १८ वर्षिया सिता मुखियालाई मृतक वेलबहादुरकै ४४ वर्षिय दाजु नारायण मुखियाले हत्या गरेको स्विकारेको छ । ’ जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख डिएसपि हिमालय कुमार श्रेष्ठले भन्नुभयो ।
वेलबहादुरलाई उनकै दाज नारायण मुखिया, सोही गाउँको २१ वर्षिय बासुदेव जि।सी।, र पिपलधारामा ५ को विष्णुबहादुर मुखियाले घरको दलानमा सुतिरहेको बेला चिर्पट दाउरोले कुट पिट गरी हत्या गरी नजिकैको बारीको कान्लोमुनि फालेको प्रहरीले जनाएको छ । बेलबहादुरको हत्या पछि अभियुक्त तिनै जनाले सितालाई मुख छोपेर हत्या गरी नजिकै रहेको खनियाँको रुखमा लगेर उनकै चुन्नीले झुण्डाएको प्रहरीले जनाएको छ । अभियुक्त नारायण मुखियाले ठुलो आवाजमा क्यासेट बजाएर गाउँले थाहा नपाउने गरी हत्या गरेको प्रहरीको भनाई छ ।
गएको साउने सक्रान्तिको दिन गाउँको कृषि समुहको बैठकमा भाई वेलबहादुरले दाजु नारायणले कृषि समुहको रकम हिनामिना गरेको कुरा उठाएपछि उनिहरु विच झगडा सुरु भएको थियो
स्थानियवासीका अनुुसार उनि त्यहाँका थुप्रै चोरी र अपराधीक घटनामा जोडिएका व्यक्ति हुन् । धेरै पटक विभिन्न घटनामा प्रहरीको खोजीमा पर्ने गरेका थिए । त्यस पछि ठेक्का पट्टामा लागेर तम्घासमा राम्रै पैसा कमाउँदै आएका थिए । मृतक वेलबहादुर र नारायणकी श्रीमति डेरामा तम्घास वस्दै आई रहेका थिए । विवाहित सिता श्रीमानबाट छुट्टिएर माईतीमा बस्दै आई रहेकी थिईन् ।
यस घटनाले त्यस नादीगाउँमा भएका अन्य त्यस्तै अपराधिक घटनाको पनि पोल खुल्ने देखिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी हिमालयकुमार श्रेष्ठले त्यहाँका अन्य पुराना घटनाको पनि सक्ष्म ढंगले अनुसन्धान गर्ने बताएका छन् । अभिुक्तहरु तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।






