चितवन, १० साउन । चितवन मेडिकल कलेजले भूकम्पमा घाइते भएकाको उपचारमा रु दुई करोड ६८ लाख खर्च गरेको जनाएको छ । अस्पतालमा अझै चारजना बिरामी उपचाररत रहेका छन् । चितवनसहित छिमेकी जिल्लामा २९१ जना घाइतेको उपचार गरेको कलेजले जनाएको छ । जसमध्ये १३८ जनाको शल्यक्रिया गरिएको कलेजका प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार शल्यक्रिया र अन्य उपचारका क्रममा रु ५८ लाख औषधिलाई मात्र भुक्तान गरिएको छ ।
टाउको, ढाड, हातखुट्टालगायतको ठूला शल्यक्रियासमेत गरिएको सर्जनसमेत रहनुभएका डा न्यौपानेले उल्लेख गर्नु भयो । अस्पतालमा काठमाडौँको धरहरामा घाइते भएकादेखि रसुवासम्मका घाइतेको उपचार गरिएको उहाँले बताउनुभयो ।
घाइतेको भरतपुरका १३ वटा अस्पतालमा उपचार गरिएको थियो ।
घाइतेको उपचारमा रु दुई करोड






