काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ ।
नेपालमा आगामी जेठमा २५६० औँ अन्तराष्ट्रिय बुद्ध जयन्तीका अवसरमा आयोजना गर्न लागिएको अन्तराष्टिय बुद्ध सम्मेलनमा निमन्त्रणा, ग्लोबल पारलिम्यान्टस् फोरम फर इभ्यालुएसनका लगायतको कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको हो ।
आगामी बुद्ध जयन्तीका अवसरमा काठमाडौँमा ६ र ७ गते बुद्धसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन र ८ गते लुम्बिीनीमा २५६० औँ बुद्ध जयन्ती भव्य रुपमा मनाउन लागेको अवसरमा विशिष्ट अथितिका रुपमा आमन्त्रणका मन्त्री पोखरेलले संयुक्त राष्ट्रसङ्घका महासविच वानकी मुनलाई निम्तापत्र दिनुहुनेछ ।
बुद्ध जयन्ती सम्मेलन मूलसमारोहका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव मुनलाई सो सम्मेलनका लागि लिखित रुपमा मन्त्री पोखरेललाई पत्र पठाउनुभएको छ । मन्त्री पोखरेलले आगामी चैत ३ (१६ मार्च) मा महासचिव मुनलाई भेट्ने कार्यक्रम तय भएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै, अमेरिकाको न्यु योर्कमा आगामी चैत १ गते (मार्च १४) मा ग्लोबल पारलिम्यान्टस् फोरम फर इभ्यालुएसन बैठकमा भाग लिनुहुनेछ । बैठकमा मूल्याङ्कन नीति र दिगो विकास लक्ष्यको छलफल हुनेछ । सांसद तथा मन्त्री पोखरेल त्यसको कार्यकारी समितिको सदस्य हुनुहुन्छ । त्यो बैठकमा उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, अमेरिकाको बसाईका क्रममा यही फागनु २८ र २९ (मार्च ११ र १२) मा क्यालिफोनियामा रहेका नेपाली समुदायसँग मन्त्री पोखरेलले अन्तराक्रिया गर्ने रहेको छ ।
अमेरिका बसाईकै क्रममा न्युयोर्कमा रहेका नेपालीहरुसँग आगामी चैत १ गते (१४ मार्च) नेपालको पर्यटन विकास तथा प्रवद्धनका विषयमा अन्तरक्रिया कार्यक्रम रहेको छ । भने चैत ३ गते नै अमेरिकास्थित नेपाली राजदूताबास र अमेरिकमा रहेको विभिन्न नेपाली सङ्घ÷संस्थासँग अन्तरक्रिया कार्यक्रम तय भएको छ ।
त्यस्तै, मन्त्री पोखरेलले संयुक्त राष्ट्रसङ्घ अन्र्तरगतको अन्तराष्ट्रिय लुम्बिनी विकास समितिको बैठकमा भाग लिनुहुनेछ । जुन बैठक सन् २००५ पछि सन् २०१६ मा बस्दैछ ।






