दसैँलगत्तै काठमाडौंमा फोहोरबाट ग्यास उत्पादन

natural gas

काठमाडौं– काठमाडौँ महानगरपालिकाले दसैँलगत्तै वायोग्यास उत्पादनको कार्य सुरु गर्ने भएको छ ।

काठमाडौँ उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास निकाल्नका लागि जैविक फोहोर राखी परीक्षणको काम भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

महानगरपालिकाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि श्रेष्ठले कामपाको वडा नं २१, १२, १९ र २० मा सङ्कलन गरी छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक ३०० टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने महानगरको तयारी छ ।

बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाले २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलो नमुना परियोजना हो । यो योजना सफल भएमा अन्य स्थानमा पनि यसलाई विस्तार गरिने कामपाले जनाएको छ ।