कांग्रेस पदाधिकारी मनोनयन दसैंपछि

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले दसैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् ।

सभापति देउवाले लामो समयदेखि दसे.अघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् ।

स्रोतका अनुसार आकांक्षीहरुलाई मिलाउन नसकेपछि उनी पछि हटेका हुन् ।

महाधिवेशन भएको सात महिना वितिसक्दा पनि सभापति देउवाले एक उपसभापति महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सकेका छैनन् ।

पदाधिकारीसहित केन्द्रीय सदस्य र विभागलाई पूर्णता नदिएकाले देउवा पार्टीभित्रै दिनदिनै आलोच्य बन्दै छन् ।