लिस्बन ।
पोर्चुगलको फारोमा एक नेपालीको दुःखद निधन भएको समाचार प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार धादिङ घर भएका ति नेपाली बलिरहेको आगोमा परेका हुन् ।
आगोमा परेपछि उनको शरीरको केही भाग जलेको छ। उनलाई उपचारका लागि अस्पताल लागिएको थियो। अस्पताल श्रोतका अनुसार उनको टाउकोमा चोट लागेको र शरीरको केही भाग जलेको छ।
अस्पताल लगिएका उनलाई उपचार शुरु गर्दागर्दै मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ। मृतक नेपाली फारोको बेलासलेस्थित एक पोर्चुगिज कृषि कम्पनीमा कार्यरत रहेको बुझिएको छ । उनी के कसरि बलिरहेको आगोमा परे र घटना भयो भन्ने बारे सरकारी अधिकारीहरुले अनुसन्धान गरिरेहका छन्। -voice of nepal






