सबैभन्दा बढी राज गर्ने महारानीको कीर्तिमान

लण्डन, १० भदौं । बेलायती राजकीय शासनकालमा सबैभन्दा बढी राज गर्ने महारानीको रूपमा घोषित हुन महारानी एलिजाबेथको अब केहि दिन मात्र बाँकी छ । यो भन्दा पहिले महारानी भिक्टोरियाले सबैभन्दा बढी शासन गरेकी थिइन् । रोएल सेन्ट्रलको अनुसार सेप्टेम्बर ९ तारीख बेलुकी  ४:१८ महारानी एलिजाबेथले महारानि भिक्टोरियाको रेकर्ड तोड्ने छिन। आफ्नो जीवनको यती धेरै समय बेलायति शासनकालमा बिताएकि उनी आफ्ना जनता माझ धेरै लोकप्रिय छिन ।  २० जून  १८३७ बिहान २:१२ देखि २२ जन्वरी १९०१ साझ ६:३० सम्म महारानी भिक्टोरियाले शासन सम्हालेकि थिइन्। जम्मा गरेर २३,२२६ दिन १६ घन्टा १८ मिनेट उनको शासनकालको समय रहेको थियो।
महारानी एलिजाबेथको भने सुरुवात यस्तो छ। राजा जर्ज छैठउको राती सुतिरहेको अवस्थमा मृत्यु भएको थियो जस्ले गर्दा उन्को मृत्युको समय थाहा पाउन सकिएको थिएन। उनको मृत्यु ६ फेब्रुअरी १९५२ को मध्य रातमा भएको अनुमान गरिएको थियो। दरबारका अनुसार महारानी अर्को बर्ष ९० बर्ष पुग्ने हुदा उक्त दिनको तयारिमा दरबार लागिपरेकोले सो दिन खास केही विशेष कार्यक्रम नरहेको जनाएको छ। आफुले रेकर्ड तोडने दिन  महारानी र डुक अफ इडन्ब्रा स्टिम इन्जिन रेलको यात्रामा निस्कने छन्। जुन रेल युकेकै सबैभन्दा लामो दुरि चल्ने स्टिम इन्जिन रेल हो। महारानीलाई स्कटल्यान्डको प्रथम मिनिस्टर निकोला स्टरजियोन र अरु  बिशिस्ट ब्यक्तिहरुले सो यात्रामा साथ दिने छन्।