काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा दुई मुलुकबीच हुने इन्धन व्यापार सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री ओली आगामी चैत ७ गतेदेखि चीन भ्रमणमा जाँदैछन् ।
आपूर्ति मन्त्रालय स्रोतका अनुसार, चीनसँग इन्धनसम्बन्धी दुईपक्षीय व्यापार तथा आपूर्ति सम्झौता गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
व्यापार र सरकारस्तरबाट हुने दुईपक्षीय सम्झौताको मस्यौदा आपूर्ति मन्त्री गणेशमान पुनले अर्थमन्त्रालय, परराष्ट्रमन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट राय सुझावसहित अनुमोदन गराइसकेका छन् ।
मन्त्रालयका अनुसार इन्धनको कुल मागको ३० प्रतिशत चीनबाट आपूर्ति गर्ने सरकारी याजना रहेको छ । प्रधानमन्त्रीको भ्रंमणमा दुई देशबीच सम्झौता भयो भने डिजेल, पेट्रोल, हवाइ इन्धन र ग्यास चीनबानट आपूर्ति हुनेछ ।






