डेनमार्क– नेपाली समाज डेनमार्कले १०१६ को समरलाई लक्षित गरेर यूरोपस्तरीय फुटबल र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । फुटबल प्रतियोगितामा डेनमार्कलगायत बेल्जियम, जर्मनी, हल्याण्ड, स्पेनलगायत विभिन्न यूरोपेली देशमा बसोबास गर्ने नेपालीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको विजेता तथा उपविजेतालाई नगदसहित अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।
आयोजकका अनुसार प्रथम हुनेलाई नेपाली १ लाख ५० हजार रुपैयाँ र उपविजेतलाई एक लाख रुपैयाँ प्रदान गरिनेछ । कार्यक्रमपछि आयोजना हुने सांगीतिक कार्यक्रममा नेपालका चर्चित गायक गायिकको सांगीतिक प्रस्तुति रहने आयोजक समितिका संयोजक ईन्द्र सापकोटाले जानकारी दिनुभयो । उक्त कार्यक्रमलाई यूरोपका चर्चित मोबाइल कम्पनी लाइका मोबाइलले सहयोग गर्ने सापकोटाले बताउनुभयो ।
नेपाली समाज डेनमार्कले यसअघि पनि सुगम पोखरेल, बुद्धि तामाङ, राजेश पायल राई, भरत सिटौला, रेश्मा सुनुवार, मेघ लामालगायतका कलाकारलाई बोलाएर ‘यूरोप टुर’ नामक सांगीतिक च्यारिटी कार्यक्रम आयोजना गरेको थियो ।








