शिब भण्डारी
लन्डन । हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी छन् । गत सोमबार सम्पन्न समाजको साधारणसभाले समाजसेवी महिला गोमा पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो । यस अघि गोमा गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको नया कार्यसमिति (२०१९-२१) का लागि सदस्य पदमा ३८३० मतले बिजय भएकी थिइन् ।

नवनिर्वाचित अध्यक्ष गोमा पौडेलसँगै अध्यक्ष पदमा डा. हेमराज सापकोटाले पनि उम्मेदवारी दिएका थिए । साधारणसभाले सर्वसम्मत चयन गर्न नसकेपछि मतदानको प्रक्रिया बाट निर्बाचन सम्पन्न भएको थियो । जसमा कुल १ सय ५० मत खसेको थियो । जसमध्ये गोमाले कुल खसेको मत मध्ये ८६ मत ल्याएर निर्वाचित भइन्। उनका निटतम प्रतिद्वन्द्वी डा. हेमराजले ६७ मत पाएका थिए । १६ मत अन्तरले गोमा अध्यक्षमा निर्वाचित भइन् । २००७ मा स्थापित यस संस्थाको महिला अध्यक्ष भएको यो पहिलो पटक हो ।

निर्वाचित भएलगत्तै लन्डन नेपाल न्युज सँग संक्षिप्त कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पौडेलले जीत आफ्नो मात्र नभएर सबै वेस्ट मिडल्यान्ड यूकेका नेपालीको भएको प्रतिक्रिया दिदै सबैलाई एकताबद्ध बनाएर लैजाने समेत उनले प्रतिबद्धता व्यक्त गरिन् ।आफूमाथि संस्था हांक्ने चुनौती आएपनि सबैको माया र सद्भावले अगाडि बढ्ने उनले बताइन् ।

यसैगरी उपाध्यक्षमा तीनजनाको उम्मेदवारी परेको थियो । निर्वाचित भीम शर्मालाई नगेन्द्र खड्का र रामचन्द्र सुवेदीले चुनौति दिएका थिए ।यसैगरी समाजको उपाध्यक्षमा भीम शर्मा निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले १५ सदस्यीय कार्यसमिति गठन गरेकी छन् । समाजको महासचिवमा राज कँडेल,सचिवमा खगेन्द्र कँडेल, कोषाध्यक्षमा लीला खत्री र सहकोषाध्यक्षमा मुक्ति सुवेदी चयन भएका छन् ।
यसैगरी समाजको सदस्यमा रिमा सापकोटा, लक्ष्मी सुवेदी, लक्ष्मी खराल, दिव्या शर्मा लामिछाने, रिता भण्डारी, विन्दु सापकोटा, सागर गैर, हरि कँडेल र मुकुन्द्र सापकोटा सदस्यमा चयन भएका छन् ।
समाजका निवर्तमान अध्यक्ष शिव खरालको अध्यक्षतामा सम्पन्न समाजको साधारणसभा लाई महासचिव डा. कृष्ण सापकोटाले सञ्चालन गरेका थिए । दुई वर्षे कार्यकालको आयव्यय कोषाध्यक्ष रामचन्द्र सुवेदीले प्रस्तुत गरेका थिए भने संस्थापक अध्यक्ष गंगाधर गौतमले पूर्वअध्यक्ष कृष्ण शर्मा, र मिलन सापकोटा लाई सम्मान समेत गरेका थिए ।
नयाँ नेतृत्व छनोटका लागि मिलन सापकोटाको संयोजकत्वमा निर्वाचन कमिटी गठन गरिएको थियो । उक्त कमिटीमा नवराज न्यौपाने, कृष्णप्रसाद शर्मा, आनन्द पौडेल,लक्ष्मी सुवेदी सदस्य रहेका थिए । नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष शिव खरालले बधाइ दिँदै कार्यभार सुम्पिएका थिए ।






