बेल्जियमको एनआरएनएमा सहमति हुने

बेल्जियम  । आगामी अगष्ट १३ तारिकमा बेल्जियममा हुन गईरहेको एनआरएनएको अधिवेशनमा नेपालीहरुको दुई ठुला संगठनहरु नेपाली जनसम्पर्क समिती र प्रवासी नेपाली मञ्च बेल्जियम एक आपसमा सममति सहित सहकार्य गर्ने भएका छन् । २४ जुलाईमा लुभेनको सूर्य कटेजमा दुबै संगठको शिर्ष नेताहरुको बैठकले यो निर्णय गरेका हुन् ।

बेल्जियमको एनआरएनएमा सधै विवाद र झै-झगडा हुदै आएको ले केन्द्रमा बेल्जियमको राम्रो छवी नभएको तथा मिलेर जादा बेल्जियमको नेपाली समाजमा राम्रो सकारात्मक सन्देश जाने हुनाले दुबै संगठनले अथक प्रयास सहित मिहनेत गरेको हुनाले यो संभव भएको कुरा प्रवासि नेपाली मञ्च बेल्जियमको अध्यक्ष वोधराज पौडेलले बताउनु भएको छ ।

जनसम्पर्क समिती बेल्जियमकी अध्यक्ष सिता सापकोटाले “हामी जुन समाजमा बस्दछौ त्यस समाज लाई सुन्दर र सभ्य समाज निर्माण गरी सबै लाई एकताको शुत्रमा बाँधेर लानु , समाज लाई ध्रुबिकरण हुन नदिनु , समाजको नेतृत्वमा समावेसी नेतृत्व निर्माण गर्न सक्नु हाम्रो दायित्व हो ।” भन्नुहुदै यसपालीको एनआरएनएको चुनावमा सबैलाई समेटेर लैजाने कुरा पनि बताउनु भएको छ ।

जनसम्पर्क समितीका संस्थापक अध्यक्ष ध्रुव पौडेलका अनुसार संयमित र सन्तुलित भएमा एकताका साथ काम गर्न सकिने कुरा बताउनुहुदै भविस्यमा पनि यि दुई संगठनले सहकार्य गरेर अगाडी बढ्नुपर्ने कुरामा जोड दिनु भएको छ ।

बेल्जियममा करिव २६ सय एनआरएनएको सदस्य भएको र यो संख्या अझै बढ्ने देखिएको छ ।