राष्ट्रिय स्वाधिनताका विषयमा कसैसंग सम्झौता हुँदैनः प्रधानमन्त्री

काठमाडौं, पुस ४ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले राष्ट्रिय स्वाधिनताका बिषयमा कसैसंग सम्झौता नगर्ने बताएका छन् ।
शनिबार बालुवाटारमा गति प्रकाशन समूहले आयोजना गरेको साइकल र्‍यालीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन ।
ओलीले अघोषित नाकाबन्दीका कारण जनताले दुःख भोग्नुपरेको भन्दै यो छिटै अन्त्य हुने बिश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुक आत्मनिर्भर भए कसैबाट पनि डराउनु नपर्ने समेत उल्लेख गरे ।