जनकपुरधाम, ४ पुस । तराई मधेसमा आन्दोलनत मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्या भण्डारीले पूजा अर्चना गर्दा अशुद्ध भएको भन्दै जानकी मन्दिर चोख्याउने नाममा शुक्रबार गंगाजल छर्केका छन् ।
विधवाले मन्दिरभित्र गएर पूजा अर्चना गर्न नपाइने धार्मिक मान्यता रहेको भन्दै उनीहरुले राष्ट्रप्रमुख र आम महिलाको समेत अपमान हुने गरी अन्धचेतना प्रदर्शन गरेका हुन् । आजको नागरिक दैनिकले समाचार छापेको छ ।
‘विधवाले मन्दिरभित्र गएर पूजा गर्नुको साथै सुरक्षाकर्मीले चप्पलपुत्ता लगाएर प्रवेश गर्दा मन्दिर अशुद्ध भयो’, आन्दोलन परिचालन समिति एवम् सदभावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले भने, ‘आन्दोलनकारी तथा स्थानीय क्लवका सदस्यले सफाइ गरी मन्दिरमा गंगाजल छर्केर सुद्धिकरण गरेका हुन् ।’
राष्ट्रपति भण्डारीलाई ‘विधवा’भन्दै मधेसी मोर्चाले जानकी मन्दिर चोख्याएको खुलासा






