सप्तरी घटनापछि झन् तनाव, एसपीको गाडीमा आगजनी, पुल भत्काउने प्रयास

saptari fireसप्तरी- सप्तरीको भारदह र रुपनीमा शनिबार राति भएको झडपमा २ प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले सदरमुकाम राजबिराजमा प्रदर्शन गरेका छन् ।

कर्फ्युका बीच निस्किएका प्रदर्शनकारीले राजविराजमा जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकाल चढेको ना१झ १३१६ गाडीमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले रुपनी मोडमा रहेको प्रहरी बिट पनि जलाउनुका साथै राजमार्गको बरमझियास्थित सुन्दरी खोलाको पुल आधा भत्काइदिएका छन् ।

जिल्ला प्रहरी प्रमुखको गाडीमा आगजनी गरी भागेका प्रदर्शनकारी गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा लुकेको सूचनाको आधारमा थप बलसहित आएको प्रहरीले अस्पताल हातामा प्रवेश गरी जथाभावी लाठी चार्ज गरेको अस्पतालका असिस्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट टेकनारायण मण्डलले बताए ।

सप्तरी घटनापछि तराईका धनुषा, सिरहा र सुनसरीका विभिन्न ठाउँमा प्रदर्शन भएका छन् ।