सयपत्री नेपाली सेवा समाज युकेद्वारा नेपाली राजदुतलाई ज्ञापनपत्र

लन्डन । पश्चिम रुकुम घटनाका दोषीहरुलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै सयपत्री नेपाली सेवा समाजले लन्डनस्थित नेपाली दूतावासमार्फत गृह मन्त्रालयलाई एक ज्ञापन पत्र पठाएको छ।

अन्तरजातीय प्रेम प्रकरणमा रचिएको नरसंहारपुर्ण क्रुर हत्याकान्ड एउटा कहालीलाग्दो मानवता विरोधी घटाईएको आपराधिक घटनाको घोर निन्दा गर्दै यस्ता घृणित घटनाले सयपत्री परियार सेवा समाज युकेका सम्पुर्ण सदस्यहरुले आक्रोश र पिडाको अन्तर हृदयबाट नै अनुभुति गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

दूतावासमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, निर्मम तरिकाले कुटपिट गरेर हत्या गरी भेरी नदिमा फालिएको नबराज बिस्वकर्मा लगायत उनका अरु पाँच जना साथी र उनिहरूका परिवारलार्इ सुरक्षा र उचित क्षतिपुर्ति उपलब्ध गराउन र सम्पुर्ण धर्म, जाती र बर्गहरूको लागि डरमुक्त समाजको श्रृजना गर्न नेपाल सरकारले सबै नेपाली जातिको बाच्ने अधिकार समान रहेको प्रत्याभूति गराउन विशेष जोड दिन्छ ।

हेर्नुस् ज्ञापनपत्र