काठमाडौं, ६ मंसिर । भारतीय नाकाबन्दी खोल्न माग गर्दै तराई मधेसमै अर्काे आन्दोलन सुरु भएको छ ।
सीमांकन परिवर्तनको माग राख्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगत तीनमहिनादेखि आन्दोलन नाकाबन्दी गरिरहेका बेला त्यसका विरुद्ध नयाँ आन्दोलनको जन्म भएको हो । चुरे क्षेत्रमा चुरे भावर प्रदेश मागिरहेको चुरे भावर राष्ट्रिय एकता पार्टीले नाकाबन्दीविरुद्ध मधेसका जिल्लाबाट आन्दोलनको सुरुवात गरेको हो ।
चुरे भावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेका अनुसार मंसिर तिहारपछि सुरु भएको आनदोलन तीन जिल्लामा पुगिसकेको छ । जसअनुसार चुरे भावरले सर्लाही, रौतहट र तराई केही अन्य जिल्लामा प्रदर्शन गरिरहेको छ ।
नाकाबन्दी खोल्न माग गर्दै मधेसमै सुरु भयो अर्काे आन्दोलन






