काठमाडौं ९ माघ। नेपाली कांग्रेस र एमालेका शीर्षनेताहरुले आइतबार सभाध्यक्ष सुवास नेम्वाङले प्रक्रिया अघि बढाउन ठोस कदम चाल्ने बताएका छन् ।
अब संविधानसभा पक्षधर र संविधानसभा विरोधी दुईवटा कित्ताहरु स्पष्टसँग छुटि्टएको सत्ता पक्षका नेताले तर्क गरेका छन् ।
शुक्रबार संविधानसभाको ल्होत्से हलमा संयुक्त पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस उपाध्यक्ष रामचन्द्र पौडेलले अाउँदाे आइतबार सभाध्यक्षले ठोस निर्णय लिने दाबी गरेका हुन् ।
यसैवीच सभाध्यक्ष नेम्वाङले पनि आइतबार दिउँसो १ बजे बस्ने अर्को बैठकमा निश्कर्ष निकाल्ने संविधानसभाबाटै घोषणा गरेका छन् ।
यसैवीच कांग्रेस एमाले लगायत सत्ता पक्षधर दलकाे शुक्रबार बिहान बसेकाे बैठकले संविधानसभाकाे अवराेध नहटेसम्म विपक्षीसँग वार्तामा नबस्ने निर्णय गरेकाे छ ।
प्रचण्ड नेतृत्वको मोर्चाको शुक्रबार नै बसेको बैठकले आन्दोलन सफलता उन्मुख भएको भन्दै प्रक्रियामा जान खोजिए प्रतिवाद जारी राख्ने निर्णय गरेको छ ।






