नयाँ संविधान जारी गर्ने निर्धारित मिति माघ ८ मा संविधान निर्माणको प्रक्रिया अघि बढ्न नसकेका बेला प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। ‘आज राति अबेर अथवा भोलि बिहान प्रधानमन्त्रीले राष्ट्रका नाउँमा सम्बोधन गर्नु हुने भएको छ’, प्रधानमन्त्री निकट स्रोतले बतायो। प्रधानमन्त्री भएको एक वर्ष भएयता यो उनको पहिलो राष्ट्रका नाउँमा सम्बोधन हुनेछ।
प्रधानमन्त्री राष्ट्रका नाउँमा सम्बोधन गर्ने तयारीमा






