जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

शिव भण्डारी
काठमाडौं– विश्व सम्मेलन सुरु हुनुभन्दा तीन दिनअघि गैरआवासीय नेपाली संघ ९एनआरएनए०को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् ।

बुधबार राजधानीको एक होटलमा पत्रकार सम्मेलन गरेर गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी छन् । वर्तमान अध्यक्ष शेष घले पत्नी गुरुङले एनआरएनएलाई विश्वकै सफल संस्थाकोरुपमा स्थापित गर्न उम्मेदवारी घोषणा गरेको बताइन् ।

एनआरएनएको आठौ विश्व सम्मेलनको लागि जमुना गुरुङले आज उम्मेदवारी घोषणा गर्ने भएपछि भवन भट्टलाई ठूलो धक्का लाग्ने भएको छ । गुरुङले उम्मेदवारी घोषणा गर्ने भएपछि अर्का अध्यक्षका उम्मेदवार भट्टलाई ठूलो धक्का लाग्ने भएको हो ।

सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौमा हुँदैछ । सम्मेलनको लागि विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार आठ सय प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनले २०१७–२०१९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएको हो ।