काठमाडौं– नेपाली काँग्रेसले काठमाडौंमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियान सुरु गरेको छ ।
पार्टीका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले विहिबार काठमाडौंमा अगुवा कार्यकर्ता भेला गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियानको शुभारम्भ गरेका हुन् ।
भेलालाई सम्बोधन गर्दै उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंमा बहुमत ल्याउने गरी प्रचार अभियानमा एकतवद्ध भएर जुटन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
उनले लोकतन्त्रलाई सुदृढ बनाउन पनि काठमाडौंको सबै निर्वाचन क्षेत्रमा पार्टी विजयी हुनुको विकल्प नरहेको दावी समेत गरे ।
नेता सिंहले सबैले उम्मेदवार पाउने अवस्था नभएपनि पार्टीलाई जिताउन भने सबै एकजुट हुनुपर्नेमा पनि जोड दिए ।
काँग्रेस केन्द्रिय सदस्य गगन थापाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रचार अभियानमा शानका साथ जुटन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे । उनले मुलुकलाई समृद्धिको नयाँ उचाईका पु¥याउन पनि काँग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा विजयी हुनुको विकल्प नरहेको पनि उल्लेख गरे ।
केन्द्रिय सदस्य थापाले पार्टी भित्रको कमजोरीका कारण स्थानीय तहको निर्वाचनमा काठमाडौंमा हार व्यहोर्नु परेको दावी समेत गरे ।
काठमाडौंमा प्रत्यक्षतर्फ १० वटा निर्वाचन क्षेत्र छन् ।






