- शिव भण्डारी
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गर्ने भएकी छन् । दिउँसो साढे १२ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने तयारी छ । उनी वर्तमान अध्यक्ष शेष घले पत्नी हुन् ।
एनआरएनएको आठौ विश्व सम्मेलनको लागि जमुना गुरुङले आज उम्मेदवारी घोषणा गर्ने भएपछि भवन भट्टलाई ठूलो धक्का लाग्ने भएको छ । गुरुङले उम्मेदवारी घोषणा गर्ने भएपछि अर्का अध्यक्षका उम्मेदवार भट्टलाई ठूलो धक्का लाग्ने भएको हो ।
सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौमा हुँदैछ । सम्मेलनको लागि विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार आठ सय प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनले २०१७–२०१९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएको हो ।






